०२ साउन २०८३, शनिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण

नेपाल र चीनबीच १२ बुँदे संयुक्त वक्तव्य: सहमति भएका परियोजना समयमै सम्पन्न गरिने

मंसिर १८, २०८१
काठमाडौं
नेपाल र चीनबीच १२ बुँदे संयुक्त वक्तव्य: सहमति भएका परियोजना समयमै सम्पन्न गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीनको औपचारिक भ्रमणका क्रममा नेपाल-चीनबीच १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।

उक्त वक्तव्यमा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छियाङबीच भएको भेटवार्ताका क्रममा भएका सहमति समयमै कार्यान्वयन गर्नेदेखि लिएर नेपाल-चीनबीचको ऐतिहासिक सम्बन्धको व्याख्या गरिएको छ ।

प्रधानमन्त्री ओलीले चीनका शीर्ष नेतासँग भेटवार्ता गर्दै नेपालको राजनीतिक, आर्थिक र सामाजिक विकासका लागि केही ऐतिहासिक सहमतिहरूमा हस्ताक्षर गरेका छन् ।

मङ्सिर १६ देखि २० गतेसम्म तय गरिएको भ्रमणमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङ, प्रधानमन्त्री ली छियाङ र राष्ट्रिय जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग उच्चस्तरीय भेटघाट गरेका थिए ।

दुवै देशले जारी गरेको संयुक्त वक्तव्यले नेपाल-चीन सम्बन्धलाई अझ मजबुत बनाउनका लागि विभिन्न पहल गरिने जनाएको छ ।

हेर्नुहोस् संयुक्त वक्तव्य:

salt training

कमेन्ट गर्नुहोस्