०१ साउन २०८३, शुक्रबार

माधबको दाबी : गणतन्त्रको शब्द पनि सुन्न नचाहने काँग्रेस साइजमा एमालेले ल्यायो

कात्तिक २६, २०७४
माधबको दाबी : गणतन्त्रको शब्द पनि सुन्न नचाहने काँग्रेस साइजमा एमालेले ल्यायो

काठमाडौँ, कात्तिक२६- नेकपा (एमाले) का नेता माधवकुमार नेपालले गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नो पार्टीले प्रभावकारी भूमिका निर्वाह गरेको बताउनुभएको छ । 

काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभाको उम्मेदवारसमेत रहनु भएका नेपालले चुनाव प्रचारका क्रममा वडा नं २३ को कोट्देवी वुथको आज उद्घाटन गर्दै भन्नुभयो, “विसं २०६२–०६३ को जनआन्दोलनका बेला फरक कित्तामा रहेका नेपाली काँग्रेस र तत्कालीन नेकपा (माओवादी) लाई लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी गराउन मुख्य भूमिका खेल्ने पार्टी एमाले नै हो ।” 

एमालेका तत्कालीन महासचिव समेत रहनु भएका नेपालले दश वर्षसम्म सशस्त्र युद्ध लडेको माओवादी र गणतन्त्रको शब्द पनि सुन्न नचाहने काँग्रेसलाई एक ठाउँमा ल्याउने काम एमालेकै कारण सफल भएको जिकिर गर्नुभयो । 

चुनावी प्रचारका क्रममा काठमाडौँ क्षेत्र नं २ का जनतासँग आफ्नो भावनात्मक नाता जोडिएको उल्लेख गर्दै कतिपयले २०७० सालको उपनिर्वाचनमा माधव नेपालले दुई क्षेत्र जित्दा काठमाडौँ–२ छाडेर रौतहट रोज्यो भनेर हल्ला गरेपनि त्यो गलत हल्ला भएको बताउनुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्