३१ जेठ २०८३, आइतबार

कूटनीतिक समुदायले चुनावलाई महत्व दिएन !

कात्तिक २७, २०७४
कूटनीतिक समुदायले चुनावलाई महत्व दिएन !

काठमाडौँ, २७ कात्तिक- स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा चासो देखाएका कूटनीतिक समुदायले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण/अवलोकनमा चासो देखाएका छैनन् । अवलोकन तथा पर्यवेक्षण गर्ने क्षेत्र खुलाएर संख्यासहित आवेदन मागिए पनि आइतबारसम्म कसैले पनि आवेदन नदिएका हुन् । निवार्चन आयोगसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले उनीहरूसँग आवेदन मागेको थियो । ‘तर, निर्वाचन हुन दुई साता बाँकी रहँदासमेत उनीहरूले चासो नदेखाउनुले निर्वाचन अवलोकनमा उनीहरू पछि हट्नु जस्तै हो,’ परराष्ट्रका एक अधिकारीले भने, कान्तिपुरमा खबर छ  । 

salt training

कमेन्ट गर्नुहोस्