
नेपाल प्रिमियर लिग (एनपीएलमा)सुदूरपश्चिमले रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको हो ।
ओपनर सैफ जैबले ६१ बलमा सर्वाधिक ९० रन बनाए ।
ब्राण्डन म्याकमुलेनले २० बलमा २३ तथा विनोद भण्डारीले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए ।
कप्तान दीपेन्द्रले १९ बलमा अविजित ३९ रन बनाए । स्कट कुगेलेइन ११ रनमा अविजित रहे ।
बलिङमा लुम्बिनीका लागि रामोन सिमोण्ड्सले २ विकेट लिए । कप्तान रोहित पौडेल र विवेक यादवले १-१ विकेट लिए ।