२७ जेठ २०८३, बुधबार

उड्डयन सुरक्षाका लागि सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे

मंसिर २२, २०८१
काठमाडौं
उड्डयन सुरक्षाका लागि सरकार प्रतिबद्ध छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आज काठमाडौं आयोजित कार्यक्रममा उनले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताए ।

उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको जानकारी दिँदै उनले हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको बताए ।

यस वर्ष ‘दिगो भविष्य आगामी ८० वर्षका लागि सँगै’ नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्