
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङले १२:१२ एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
भोलि (बिहीबार)बाट ३ दिनसम्म यस क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीहरूलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी र पन्च ईभीलगायतका गाडीहरू साट्न सकिने छ ।
यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिख टाटा मोटर्सको देशैभरि रहेका शोरुमहरूमा आयोजना हुने कम्पनीले जानकारी दिएको छ ।
यस मेलामा सहभागी भएर ग्राहकहरूले टियागो ईभी र पन्च ईभीमा आकर्षक डिलहरू पाउन सक्नेछन् ।
यसकासाथै, यस १२:१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् ।
यस कार्यक्रमको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्।
नयाँ गाडी खरिद गरेर भरपूर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।