०१ असार २०८३, सोमबार

स्काभेटर दुर्घटनामा घाइते भएका बुढाको मृत्यु

मंसिर २६, २०८१
हुम्ला
स्काभेटर दुर्घटनामा घाइते भएका बुढाको मृत्यु

स्काभेटर दुर्घटनामा घाइते भएका हुम्लाको सर्केगाड गाउँपालिका–८ फुचा गाउँका अन्दाजी ४५ वर्षीय खड्कवीर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । 

सर्केगाड–मारघोर सडकको ‘ट्रयाक’ खोल्न आउँदा सोमबार स्काभेटर पल्टिएर बुढा घाइते भएका थिए । 

दुर्घटनापछि बाजुराको कोल्टी अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको उनका आफन्त रेशमराज रोकायाले बताए ।

सर्केगाड–मारघोर खण्डको ट्रयाक खोल्ने जिम्मा श्रेया कन्स्ट्रक्सनले पाएको थियो ।

प्रदेश ०३–०१००३ क ६२४९ नम्बरको स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज कँडेलले बताए ।

जुम्ला गुठीचौकर गाउँपालिका–१ चुत्रा घर भएका ३६ वर्षीय स्काभेटर चालक लाक्पा महतारालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्