
काठमाडौंको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त ‘कलभर्ट’ निर्माण गरिएको छ । बाढीले भत्काएको सडक चार महिना लगाएर मर्मत गरेपछि बिहीबारदेखि सवारी साधन सञ्चालनमा आएको हो ।
एक स्पानसहित बक्स कल्भर्ट र ४.८४ मिटर लामो तथा १२ मिटर चौडा सडक मर्मतगरी सडक विभागले सञ्चालनमा ल्याएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले कलभर्टको शुभारम्भ गरेका हुन् ।
गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त कलभर्ट बनेको थियो ।
सडक डिभिजन कार्यालय काठमाडौंले गत असोज १८ गते ४९ लाख ६३ हजारमा उक्त कलभर्ट निर्माणका लागि डीबी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो ।