जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ ।
मौसमी गतिविधिको जानकारी दिने महाशाखाको वेबसाइट आज बिहान ह्याक भएको हो ।
वेबसाइट ह्याक भएपछि मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।
सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ ।
पेजमा आफूलाई ‘क्याप्टेन स्मोकर’ बताउनेले वेबसाइट ह्याक गरेको उल्लेख गरिएको छ ।