२९ जेठ २०८३, शुक्रबार

केही बैंकले बढाए निक्षेपको ब्याजदर, अधिकांशको स्थिर [सूची]

पुस १, २०८१
काठमाडौं
केही बैंकले बढाए निक्षेपको ब्याजदर, अधिकांशको स्थिर [सूची]

सञ्चालनमा रहेका केही वाणिज्य बैंकहरूले पुसका लागि निक्षेपको ब्याजदर बढाएका छन् । केही वाणिज्य बैंकले भने मंसिर महिनाको तुलनामा निक्षेपको ब्याजदर घटाएका छन् । 

चालू आर्थिक वर्षको पहिलो महिनादेखि निरन्तर घट्दै गइरहेको निक्षेपको ब्याजदर पुस महिनामा केही बढेको छ । पुस १ गतेदेखि लागु हुनेगरी तीन वाणिज्य बैंकहरूले ब्याजदर बढाउँदा तीनले घटाएका छन् । त्यस्तै बाँकी १४ वटा वाणिज्य बैंकहरूले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

पुसमा वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर औसत ६.०२५ पुगेको छ । जुन मंसिर औसत ५.९६ प्रतिशत रहेको थियो । पुसमा वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर ०.०६ प्रतिशतले बढेको छ । 

त्यस्तै, कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर औसत  ६.१८ प्रतिशत रहेको थियो । असोज महिनामा वाणिज्य बैङ्कहरूले निक्षेपको ब्याजदर औसतमा ६.३८ प्रतिशत रहेको थियो भने भदौमा मुद्दती निक्षेपको ब्याजदर औसत ६.५२ प्रतिशत रहेको थियो । 

कुन बैंकको ब्याजदर कति ? 
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार एनएमबि बैंक, प्राइम बैंक र कृषि विकास बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । 

पुस महिनाका लागि सानिमा बैंक, एनआइसी एसिया बैंक र नेपाल बैंकले निक्षेपको ब्याजदर घटाएका छन् ।  

पुसमा सबैभन्दा बढी ब्याज एनएमबी बैंक र एनआइसी एसिया बैंकले ६.६ प्रतिशत प्रदान गर्ने जनाएको छ । 

null

 

salt training

कमेन्ट गर्नुहोस्