२९ जेठ २०८३, शुक्रबार

सुदूरपश्चिमले टस जित्यो, कर्णाली पहिले ब्याटिङ गर्दै

पुस १, २०८१
काठमाडौं
सुदूरपश्चिमले टस जित्यो, कर्णाली पहिले ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सुदूरपश्चिम रोएल्सले टस जितेको छ । 

त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान टस जितेर सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीले फिल्डिङ चुनेका हुन् । उनले फिल्डिङ रोजेसँगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको हो । 

आजको खेलको नतिजासँगै प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ । सुदूरपश्चिम, जनकपुर बोल्ट्स र चितवन राईनोज प्लेअफमा पुगिसकेका छन् । कर्णाली र काठमाडौं गुर्खाज प्लेअफ होडमा छन् ।

कर्णाली सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ । कर्णालीको लागि शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ । त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनुपर्नेछ ।

काठमाडौं गुर्खाजको भाग्य भने सुदूरपश्चिमको नतिजामा निर्भर हुने छ । सुदूरपश्चिमले कर्णालीलाई आवश्यक नतिजामा हराएमा मात्रै काठमाडौंको भाग्य खुल्नेछ ।

विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्