०१ असार २०८३, सोमबार

जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस १, २०८१
काठमाडौं
जिल्ला प्रशासन कार्यालय महोत्तरीका दुई नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जिल्ला प्रशासन कार्यालय, महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुब्बाद्वय अशोककुमार यादव र दिनेशप्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।​​

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष)ले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

उक्त सूचनापछि आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा यादव र साहको आपसी मिलोमतोमा घुस लिएको पुष्टि भएको प्रवक्ता घिमिरेले जानकारी दिए । 

उनीहरू दुवै जनाविरुद्ध २० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी आयोगले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्