०२ साउन २०८३, शनिबार

नागरिक लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्झौता

पुस २, २०८१
काठमाडौं
नागरिक लगानी कोष र आईएमईबीच शेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले हस्ताक्षर गरेका छन् ।​

आईएमईले प्रतिशेयर एक सय रुपैयाँका दरले १२ लाख ५० हजार ६ सय ६७ कित्ता बापतको १२ करोड ५० लाख ६६ हजार सात सय रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।

सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्