०३ साउन २०८३, आइतबार

यू-१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

पुस २, २०८१
काठमाडौं
यू-१९ महिला एसिया कप : नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

मलेसियाको वायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रनको योगदान गरिन् ।

भारतका लागि परुनिका सिसोडियाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिइन् ।

सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरिसकेको छ ।

एसियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलंका छन् ।  समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।

salt training

कमेन्ट गर्नुहोस्