०८ साउन २०८३, शुक्रबार

मस्कोमा भएको विष्फोटमा रुसी जनरलको मृत्यु, रुसको इसारा युक्रेनतर्फ

पुस २, २०८१
काठमाडौं
मस्कोमा भएको विष्फोटमा रुसी जनरलको मृत्यु, रुसको इसारा युक्रेनतर्फ

युक्रेनी सैनिकविरुद्ध रासायनिक हतियार प्रयोगको आरोप खेपिरहेका एक शीर्ष रुसी जनरल मस्कोमा भएको बम विष्फोटमा मारिएका छन् । 

समाचार संस्था रोयटर्सका अनुसार रूसको न्यूक्लियर, बायोलोजिकल र केमिकल प्रोटेक्शन टुप्सका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरीलोभको मृत्यु मस्कोको रियाजनस्की प्रोस्पेक्टस्थित एउटा अपार्टमेन्ट भवनबाहिर भएको बम विष्फोटमा भएको हो ।

घटनाको प्रारम्भिक विवरणअनुसार बम एक इलेक्ट्रिक स्कुटरमा लुकाइएको थियो । उक्त विष्फोटमा किरीलोभका सहायकको पनि मृत्यु भएको छ । 

रुसी टेलिग्राम च्यानलहरूमा पोस्ट गरिएका तस्वीरहरूमा भवनको क्षतिग्रस्त प्रवेशद्वार देखिएको छ, जहाँ भग्नावशेष र रगतले लतपतिएका दुई शवहरू फेला परेका छन् ।

रोयटर्सले घटनास्थलबाट खिचेको फुटेजमा प्रहरीले घटनास्थलमा घेरा लगाएको देखिएको छ । अनुसन्धान अधिकारीहरूले यसलाई आतंकवादसँग जोडेर हेर्न सकिने भन्दै प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

युक्रेनले किरीलोभमाथि युद्धमैदानमा प्रतिबन्धित रासायनिक हतियार प्रयोगको आरोप लगाउँदै आएको थियो । यही आरोपमा गत अक्टोबरमा बेलायतले पनि किरीलोभमाथि प्रतिबन्ध लगाएको थियो । 

ब्रिटेनले उनलाई रायट कन्ट्रोल एजेण्ट र क्लोरोपिक्रिन नामक विषाक्त ग्याँसको प्रयोगमा संलग्न रहेको आरोप लगाएको हो । रुसले युक्रेनले लगाएको आरोप अस्वीकार गरेको छ । किरीलोभ आफैंले राज्य सञ्चालित टेलिभिजनहरूमा युक्रेनलाई न्यूक्लियर सुरक्षा प्रोटोकलको उल्लंघन गरेको आरोप लगाउने गरेका थिए ।

मस्कोले फेब्रुअरी २०२२ मा युक्रेनविरुद्धको युद्ध शुरू भएयता युक्रेनले आफ्नो भूमिभित्र लक्षित हत्याहरू गर्दै आएको आरोप लगाउने गरेको छ । यस घटनालाई रुसले युक्रेनको संलग्नतामा भएको लक्षित हत्यासँग जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्