२२ असार २०८३, सोमबार

काठमाडौंका यी पाँच ठाउँमा आज डेढ घण्टा बिजुली काटिने

पुस ५, २०८१
काठमाडौं
काठमाडौंका यी पाँच ठाउँमा आज डेढ घण्टा बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिहान १०:३० देखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।

बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरमा पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले फिडरअन्तर्गत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । 

तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्