२३ जेठ २०८३, शनिबार

पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जामा​​​, बाजागाजासहित स्वागत​

पुस ५, २०८१
स्याङ्जा
पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जामा​​​, बाजागाजासहित स्वागत​
फाइल फोटो

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरिएको छ ।

कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि आज स्याङ्जा आइपुगेकी पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जा र कास्कीको सिमाना फेदीखोलादेखि पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीयलगायतले स्वागत गरेका हुन् ।​

सडकमार्ग हुँदै आएकी पूर्वराष्ट्रपति भण्डारीलाई जिल्लाका विभिन्न स्थानमा नागरिकले फूलमाला, बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए ।

भण्डारीले आज दिउँसो शाह वंशको कुलदेवताको रूपमा रहेको आलमदेवी मन्दिरमा पूजाआजा र अवलोकन गर्ने कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।

'पूर्वराष्ट्रपति भण्डारी आलमदेवी मन्दिरमा पूजाआजा तथा यस ठाउँको अवलोकन गर्नका लागि आउनुभएको हो,' उनले भने, 'नितान्त पूजाआजाका लागि आउनुभएकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।'

salt training

कमेन्ट गर्नुहोस्