१० साउन २०८३, आइतबार

नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण

पुस ५, २०८१
काठमाडौं
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण

सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो । हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल  निर्माण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल चार सय २५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । मन्त्रालयले अस्पताल नभएका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो ।

'४७ स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा ८४ स्थानीय तहमा रु चार अर्ब ४३ करोड पठाइसकेका छौं,' अधिकृत खड्काले भने ।

सरकारले पहिलो चरणमा तीन सय ९६ र दोस्रो चरणमा दुई सय ६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो ।

केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन । सरकारले तीन सय ९६ स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ । दुई सय ६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चित भएको छैन । 

'स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ,' अधिकृत खड्काले भने ।

उनका अनुसार अहिलेसम्म तीन सय ९६ पालिकामा अस्पताल बनाउन रु ५१ अर्ब ८४ करोड ५५ लाख र दुई सय ६१ पालिकाका लागि रु तीन अर्ब २० करोड विनियोजन गरिएको छ ।

विक्रम संवत् २०७७ मा  प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा पाँच, १० र १५ शय्याको अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए ।​

त्यहीअनुसार ८० पालिकामा पाँच शय्याको, एक सय ५४ पालिकामा १० शय्या तथा चार सय २३ पालिकामा १५ शय्याका अस्पताल निर्माण गर्न थालिएको हो ।

सरकारले पाँच शय्याका लागि रु सात करोड ११ लाख ९८ हजार, १० शय्याका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ शय्याका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्