
गायिका समीक्षा अधिकारीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरेर आफ्नो चरित्रहत्या हुने भिडियो बनाएको भन्दै आपत्ति जनाएकी छिन ।
साथै कानूनी कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी दिने उनले बताएकी छन् ।
‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाइरल गरिएको देखेँ । यत्तिकै सृजनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरू (जसले भिडियो बनाए)को वर्तमान र भविष्य उज्जवल हुनेथियो। मैले पनि कानूनी उपचार खोज्नुपर्ने थिएन । साइबर ब्यूरो जाँदैछु,’ उनले भनेकी छिन् ।
शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भिडियो बनाउने सृजनशीलता र समय राम्रो काममा खर्चिएको भए वर्तमान र भविष्य दुवै उज्जवल हुनेसमेत भनेकी छिन् ।
