१६ असार २०८३, मंगलबार
एनपीएल फाइनल

सुदूरपश्चिमले टस जित्यो, जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै

पुस ६, २०८१
काठमाडौं
सुदूरपश्चिमले टस जित्यो, जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । 

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । 

दुवै टिममा पछिल्लो खेलबाट कुनै खेलाडी परिवर्तन गरिएको छैन ।

सुदूरपश्चिमसामु आफ्नो परिचित प्रतिद्वन्द्वीमाथि जितको ह्याट्रिक गरेर उपाधि जित्ने अवसर छ भने जनकपुरसामु दुई हारको मीठो बदला लिएर उपाधि उचाल्ने अवसर छ । 

सुदूरले लिग चरणमा खेलेका सातमध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो । 

एनपीएलमा जनकपुर र सुदूरपश्चिम तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि नै दुईपटक यी टोलीबीच खेल भइसकेको छ । जनकपुर दुईपटक सुदूरपश्चिमसँग पराजित भएको थियो । 

पहिलो क्वालिफायरमा जनकपुर सुदूरसँगै पराजित भएको थियो । दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर जनकपुर फाइनल पुगेको हो । ​

जनकपुरले सुदूरपश्चिम विरुद्धकै खेलमा एनपिएलकै खराब ब्याटिङको कीर्तिमानमा बनाएको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमविरुद्ध पूरै ओभर पनि क्रिजमा बिताउन सकेन । ८ ओभरअघि नै ५१ रनमा अलआउट भएको थियो । 

आठ टीम सहभागी प्रतियोगितामा कर्णाली याक्स तेस्रो भएको थियो । चितवन राइनोज चौथो भएको थियो । 

प्रतियोगिताको विजेताले एक करोड १० लाख र उपविजेताले ५० लाख रुपैयाँ पाउने छन् । 

salt training

कमेन्ट गर्नुहोस्