
गायिका समीक्षा अधिकारीले आफ्नो चरित्र हत्या भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी छन्।
आफ्नो फेक भिडियो बनाएर सामाजिक सञ्जालमार्फत चरित्र हत्या भएको पाइएपछि शनिबार साइबर ब्युरो उजुरी दिएको उनले जानकारी दिएकी हुन् ।
शनिबार उनले फेसबुकमार्फत भनेकी छन्, ‘एआई प्रयोग गरी मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाईरल गरिएको देखें। यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरु (जसले भिडियो बनाए)को वर्तमान र भविष्य उज्ज्वल हुनेथियो। मैले पनि कानुनी उपचार खोज्नुपर्ने थिएन। साइबर ब्युरो जाँदैछु ।’ सोही अनुसार उजुरी दर्ता भइसकेको उनको भनाइ छ ।