१५ असार २०८३, सोमबार

फुटपाथमा सुतिरहेका ९ मजदुरलाई ट्रिपरले किच्यो, तीनको मृत्यु

पुस ८, २०८१
काठमाडौं
फुटपाथमा सुतिरहेका ९ मजदुरलाई ट्रिपरले किच्यो, तीनको मृत्यु

भारतको पुणेमा फुटपाथमा सुतिरहेका ९ मजदुरलाई ट्रिपरले किचेको छ । आइतबार राति करिब १ बजेतिर फुटपाथमा सुतिरहेका ९ जनालाई ट्रिपरले किचेको हो ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् । जसमध्ये एक १ वर्ष र अर्को २ वर्षका छन् ।

वाघोलीको केसनन्द फाटा क्षेत्रमा दुर्घटना भएको हो । ट्रिपर चलाउने व्यक्तिले मादक पदार्थ सेवन गरेका थिए । उनी पक्राउ परेका छन् ।

फुटपाथमा करिब १२ जना सुतिरहेको प्रहरीले जनाएको छ । उनीहरू सबै मजदुर हुन् ।

salt training

कमेन्ट गर्नुहोस्