०५ साउन २०८३, मंगलबार

सहकारी ठगी प्रकरणमा आज पनि बयान हुँदै

पुस ९, २०८१
काठमाडौं
सहकारी ठगी प्रकरणमा आज पनि बयान हुँदै

कास्कीको पोखरास्थित  सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरुको बयान मंगलबार पनि जारी रहने भएको छ । कास्की जिल्ला अदालतमा सोमबार छविलाल जोशीको बयान भएकोमा मंगलबार रास्वपासभापति रवि लामिछानेलगायतको हुने बताइएको छ । 

सोमबार प्रतिवादी लामिछाने,  जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । 
    जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा जोशीको बयान लिइएको उनले बताए। सोमबार एक जना प्रतिवादीको मात्र बयान लिइएको र अन्य प्रतिवादीको बयान आजदेखि सुरु हुने उनको भनाइ छ । बयान सकिएपछि उनीहरुको थुनछेक बहस हुनेछ । 

यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । 

कमेन्ट गर्नुहोस्