
तिब्बती धर्मगुरु दलाई लामाको बढ्दो उमेरका कारण उनको उत्तराधिकारी को हुने भन्नेमा बहस भइरहेको छ ।
तर, लामाले भने आफू ११० वर्ष बाँच्ने दाबी गरेका छन् ।
गत जुनमा ८९ वर्षीय लामालाई घुँडाको शल्यक्रिया गर्न न्यूयोर्क लगिएको थियो । घुँडाको उपचारपछि लामाले भने अब आफ्नो स्वास्थ्यबारे चिन्ता लिनुपर्ने कुरा नभएको बताए । उनले आफ्नो घुँडा पनि निको भैरहेको बताए ।
समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा लामालाई उनको स्वास्थ्यबारे सोधिएको थियो । जसमा उनले भनेका छन्, ‘म सायद ११० वर्ष बाँच्नेछु।'