
जम्मू कश्मीरको पुन्च जिल्लामा सडक दुर्घटनामा भारतीय सेनाका पाँच सैनिकको मृत्यु भएको छ ।
सेनाको ट्रक लाइन अफ कन्ट्रोलतर्फ गइरहेको थियो ।
यसै क्रममा गाडी नियन्त्रण बाहिर गएर ३ सय फिट गहिरो खाडलमा खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
दुर्घटनामा ४–५ जना सैनिक पनि घाइते भएको बताइएको छ ।
सूचना पाएलगत्तै धेरै सेना अधिकारी घटनास्थल पुगेका थिए । गाडीमा ९ जना सैनिक थिए ।