०३ साउन २०८३, आइतबार

जापान एयरलाइन्समा साइबर आक्रमण

पुस ११, २०८१
काठमाडौं
जापान एयरलाइन्समा साइबर आक्रमण

जापान एयरलाइन्सले साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडान ढिलाइ भएको जनाएको छ । तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको एयरलायन्सले जनाएको छ । 

एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको थियो । तर, कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ । 

जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठूलो एयरलाइन्स हो ।

यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताएका थिए । स्थानीय समयानुसार बिहीबार बिहान ७:२४ बजे नेटवर्क अवरोध शुरू भएको जेएएलले विज्ञप्तिमा जनाएको छ । 

एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी मात्र हो ।

जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेर प्रवेश गरेको तर रकेट वा स्याटेलाइटबारे कुनै संवेदनशील जानकारी प्राप्त नभएको बताएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्