१७ असार २०८३, बुधबार

मलेसिया बस्ने गैह्रकानुनी कामदारलाई कारबाही नहुने, बरु सहजै काम दिइने

कात्तिक २०, २०७४
मलेसिया बस्ने गैह्रकानुनी कामदारलाई कारबाही नहुने, बरु सहजै काम दिइने
काठमाडौं, ४ माघ - मलेसियामा रहेका गैह्र कानुनी कामदारले पनि अब बैध कामदारले सरह काम गर्न पाउने भएका छन् । त्यहाँको सरकारले गैह्र कानुनी विदेशी कामदारका लागि अस्थाइ वर्कपास दिने घोषणा गरेको हो ।
सरकारले अस्थायी वर्कपास लिएर काम गर्न सकिने व्यवस्था लागू गर्ने घोषणा गरेको त्यहाँको पत्रिका द स्टारले लेखेको छ ।
अब मलेसियामा रहेका हजारौं गैह्र कानुनी कामदारले राहत पाउने छ । हजारौं नेपाली कामदारपनि मलेसियामा गैह्र कानुनी तरिकाले बसिरहेका छन् ।

मलेसियाका कामदारको अभाव हुन थालेपछि सो अभाव परिपूर्ति गर्नको लागि यस्तो व्यवस्था गर्न लागिएको त्यहाँका उप्रधानमन्त्री जाहिद हमिदीले बताए छन् ।

उनका अनुसार अबैधानिक कामदारलाई अब त्यहाँ कुनैपनि दण्ड हुने छैन । बरु केही समय कानुनी रुपमै काम गर्न पाउने छन् ।

गैह्र कानुनी तरिकाले बसेकाहरुसँग पनि लेभि उठाउने तयारी सरकारले गरेको छ । गैह्र कानुनी कामदारका लागि काम गर्न मिल्ने एउटा व्यस्था लागूभएपनि अस्थायी वर्क परमिट लागू गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्