३२ असार २०८३, बिहीबार

चीनले ब्रह्मपुत्र नदीमा विश्वकै ठूलो जलविद्युत बाँध बनाउने

भारत र बंगलादेशमा पानीको बहाव प्रभावित हुनसक्ने
पुस १२, २०८१
काठमाडौं
चीनले ब्रह्मपुत्र नदीमा विश्वकै ठूलो जलविद्युत बाँध बनाउने

चीनले तिब्बतको ब्रह्मपुत्र नदीमा विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध बनाउने भएको छ । 

चीन सरकारले तिब्बती पठारको तल्लो भागमा जलविद्युत बाँध निर्माण गर्न स्वीकृत गरेको बीबीसीले जनाएको छ । यो बाँध यार्लुङ साङ्पो (ब्रह्मपुत्र) नदीमा निर्माण हुनेछ ।

यो बाँध बनेपछि भारत र बंगलादेशमा पानीको बहाव प्रभावित हुनसक्छ।

यो बाँध निर्माण भएसँगै वर्षेनि ३०० अर्ब किलोवाट घण्टा बिजुली उत्पादन हुने विश्वास गरिएको छ ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनको यो योजनाले कार्बन उत्सर्जन घटाउने लक्ष्य हासिल गर्न प्रमुख भूमिका खेल्नेछ ।

साथै, यो योजनाले तिब्बतमा रोजगारीका अवसरहरू पनि सिर्जना गर्नेछ।

परियोजनाअन्तर्गत तिब्बतबाट कति मानिस विस्थापित हुनेछन् र यसले स्थानीय मौसममा कस्तो असर पार्छ भन्ने कुरा चिनियाँ अधिकारीहरूले अहिलेसम्म खुलाएका छैनन् ।

तर चिनियाँ अधिकारीका अनुसार यो बाँधले तिब्बतको वातावरणलाई उच्च स्तरमा असर गर्ने छैन ।

तिब्बतबाट निस्कनेवित्तिकै यार्लुङ साङ्पो ब्रह्मपुत्र नदी बनेर भारतको अरुणाचल प्रदेश र आसाम राज्य हुँदै बंगलादेशमा प्रवेश गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्