२६ जेठ २०८३, मंगलबार

जीवनबिमा कम्पनीको व्यापार बढ्यो

पुस १४, २०८१
काठमाडौं
जीवनबिमा कम्पनीको व्यापार बढ्यो

 अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार आउँदै गर्दा मुलुकमा सञ्चालनमा रहेका जीवनबिमा कम्पनीहरूको व्यापारले पनि लय समाउन थालेको छ । अर्थतन्त्रका बाह्य सूचकमा सुधार देखिँदै आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गर्ने पछिल्लो वित्तीय स्थिति प्रतिवेदन अनुसार मुलुकको शोधनान्तर (भुक्तानी) स्थिति, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायतका सूचकमा सुधार देखिँदै आएको छ ।

अर्थतन्त्रले सकारात्मक बाटो समाउँदा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा जीवनबिमा कम्पनीले ६६ अर्बभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।

अहिले नेपालमा सञ्चालित १४ वटा जीवनबिमा कम्पनी र तीन लघु जीवनबिमा कम्पनीहरूले मङ्सिर मसान्तसम्ममा कुल ६६ अर्ब १४ करोड ५३ लाख ३२ हजार रुपियाँ बराबर बिमा शुल्क सङ्कलन गरेका हुन् । 

समीक्षा अवधिमा १४ वटा जीवनबिमा कम्पनीहरूले मात्रै ६५ अर्ब बढी बिमा शुल्क आर्जन गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले बिमा शुल्कलाई चार अर्ब ३८ करोड ७२ लाख ९६ हजार रुपियाँले बढाएका हुन् । पछिल्लो एक महिनामा मात्रै जीवनबिमा कम्पनीहरूको व्यापार १२ अर्ब ४४ करोड ६२ लाख रुपियाँले बढेको हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्