०१ असार २०८३, सोमबार

राजदूत अर्याल र ओमानका यातायातमन्त्रीबीच भेटवार्ता, नेपाल-ओमान सिधा हवाई उडानबारे छलफल​​​​​

पुस १४, २०८१
काठमाडौं
राजदूत अर्याल र ओमानका यातायातमन्त्रीबीच भेटवार्ता, नेपाल-ओमान सिधा हवाई उडानबारे छलफल​​​​​

राजदूत डोरनाथ अर्यालले ओमानका यातायात, सञ्चार तथा सूचना प्रविधिमन्त्री साइद बिन हमुद बिन साइद अल मावलीसँग भेटवार्ता गरेका छन् ।

आइतबार भएको भेटका क्रममा उनीहरूबीच नेपाल र ओमानबीच सिधा हवाई उडान शुरू गर्ने विषयमा छलफल भएको छ ।

नेपाली राजदूतले ओमान र नेपालबीचको हवाई सम्पर्क विस्तार गर्न आग्रह गरेका ओमानस्थित नेपाली राजदूतावासले जनाएको छ ।​ मन्त्रीले यस विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी, सूचना प्रविधि र अन्य द्विपक्षीय सहकार्यका विविध विषयमा पनि बैठकमा छलफल भएको थियो ।

भेटवार्तामा ओमान मन्त्रालयका उच्च पदाधिकारी र नेपाली राजदूतावासका द्वितीय सचिव विशेषकुमार साहको उपस्थिति रहेको थियो।

salt training

कमेन्ट गर्नुहोस्