१५ असार २०८३, सोमबार

मकवानपुरमा जीप दुर्घटना, १ जनाको मृत्यु

पुस १४, २०८१
हेटौंडा
मकवानपुरमा जीप दुर्घटना, १ जनाको मृत्यु

मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरस्थित भित्री सडकमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।​​

मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१–००१ च २९४६ नम्बरको जीपको ‘ब्रेक फेल’ भई सडकबाट झण्डै चार मिटर तल खसेको थियो ।

उक्त दुर्घटनामा कैलाश गाउँपालिका–३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरी अस्पतालमा मृत्यु भएको हो ।

उक्त जीपमा आठ जना सवार थिए । अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ । जीप चालक फरार रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्