१० असार २०८३, बुधबार

परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

पुस १४, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

 परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । 
मन्त्री डा राणाले आज साँझ काठमाडौँस्थित भारतीय राजदूतावासमा पुगी स्व सिंहको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उनप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । उनले सो शोक पुस्तिकामा भारतका पूर्वप्रधानमन्त्री डा सिंह एक प्रजातन्त्रवादी दूरदर्शी नेता तथा नेपालका सच्चा मित्र रहेकाे बताइन् । 

भारतीय पूर्वप्रधानमन्त्री डा सिंहको उपचारका क्रममा गत बिहीबार ९२ वर्षको उमेरमा निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्