
सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ सिएनएनको साहसी खेलाडीको सूचीमा पर्न सफल भएकी छन् । फोटो पत्रकारसमेत रहेकी पूर्णिमा सिएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ट लिमिट इन २०२४’ को सूचीमा परेकी हुन् ।
विश्वप्रसिद्ध समाचार संस्था सिएनएनले यसवर्षको सूचीमा आफूलाई समेत चयन गरेकामा गौरवान्तित महसुस भएको आरोही श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।