१४ असार २०८३, आइतबार
एकपछि अर्को दुर्घटना

२०२४ को अन्त्यमा ६ विमान दुर्घटना– २३६ जनाको मृत्यु, उड्डयन सुरक्षामा गम्भीर प्रश्न

पुस १५, २०८१
काठमाडौं
२०२४ को अन्त्यमा ६ विमान दुर्घटना– २३६ जनाको मृत्यु, उड्डयन सुरक्षामा गम्भीर प्रश्न

अबको २ दिनमा सन् २०२४ ले बिदा लिँदैछ र नयाँ वर्ष २०२५ शुरू हुँदैछ । नयाँ वर्षका लागि शुभकामना आदानप्रदान शुरू भइसकेको छ ।

तर, डिसेम्बर महिनामा मात्र विश्वका विभिन्न कुनामा भएका ६ भयानक विमान दुर्घटनाले विश्वव्यापी उड्ययन क्षेत्रमा ठूलो सुरक्षा चिन्ता पैदा गरेको छ ।

विश्वभर विभिन्न ठाउँमा भएका ६ विमान दुर्घटनामा २ सय ३६ जना यात्रुको मृत्यु भएको छ ।

सम्भवतः उड्ययन क्षेत्रमा एक महिनामै यति धेरै दुर्घटना यसअघि भएको थिएन । यसले उड्डयन क्षेत्रमा सुरक्षा प्रोटोकल र उपकरणको विफलताका बारे धेरै प्रश्नहरू खडा गरेको छ ।

कोरियाको जेजु एयर दुर्घटना

सबैभन्दा विनाशकारी घटना आइतबार दक्षिण कोरियाको मुआन एयरपोर्टमा भयो । जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाग्रस्त दुर्घटना हुँदा १ सय ७९ जनाको मृत्यु भएको छ ।

बैंककबाट कोरिया आउँदै गरेको विमानको अगाडिको गियर खुल्न नसकेपछि नियन्त्रण गुमाएर रनवेबाट चिप्लिएको थियो । त्यसपछि कंक्रिटको पर्खालमा गएर ठोकियो । त्यसपछि विमानमा विनाशकारी आगो लाग्यो ।

यात्रु र चालक दलका सदस्य गरी दुई जनालाई जिउँदै उद्धार गरिएको थियो भने बाँकी १७९ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानमा १ सय ८१ जना सवार थिए ।

विमानले क्र्यास ल्यान्डिङ गर्दा एयरपोर्टमा आगो नियन्त्रणका लागि ३२ वटा दमकल र हेलिकप्टरसहित आपतकालीन उद्धारकर्ताहरू घटनास्थलमा पुगेका थिए ।

ल्यान्डिङ गियर खुल्न नसक्नुको कारणबारे अनुसन्धान शुरू भएको छ ।

null

कोरियामा ७ दिनका लागि शोक घोषणा गरिएको छ । आइतबारको दुर्घटना कोरियाको उड्ययन इतिहासको सबैभन्दा भयानक दुर्घटना रहेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सन् २००५ मा स्थापित दक्षिण कोरियाको सबैभन्दा ठूलो र 'इकोनोमिक' मानिने जेजु एयरको इतिहासमा यो पहिलो घातक दुर्घटना हो ।

सन् २००७ को अगस्तमा ७४ यात्रु बोकेको जेजु एयरकै बम्बार्डियर क्यू४०० रनवेबाट चिप्लिँदा एक दर्जन यात्रु घाइते भएका थिए । दक्षिण कोरिया उड्डयन सुरक्षाका लागि सबैभन्दा राम्रो ट्रयाक रेकर्ड भएको देश मानिन्थ्यो ।

अजरबैजान एयरलाइन्स दुर्घटना

गत हप्ता बुधवार अजरबैजान एयरलाइन्सको एम्ब्रेयर ईआरजे-१९०एआर विमान कजाकिस्तानको अक्ताउ एयरपोर्टनजिकै दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भयो ।

अजरबैजानको बाकुबाट रुसको ग्रोज्नीका लागि उडान गरेको विमान प्राविधिक समस्या र चुनौतीपूर्ण मौसमका कारण डाइभर्ट हुन बाध्य भएको थियो ।

null

आफ्नो मूल गन्तव्य ग्रोज्नी एयरपोर्टमा पटक-पटक अवतरण गर्न असफल विमान अन्ततः अक्ताउनजिकै जमिनमा ठोक्कियो । विमानमा सवार ६७ यात्रुमध्ये ३८ को मृत्यु भयो, अधिकांश गम्भीर घाइते भए ।

प्रारम्भिक रिपोर्टअनुसार विमानमा उडानका क्रममा ठूलो हलचल भएको थियो । कतिपय पश्चिमा देशहरूले रुसले मिसाइल प्रहार गरेर प्लेन खसालेको आशंका गरेका छन् ।

रुसले पनि युक्रेनी ड्रोन आक्रमणसँगै नजिकैको क्षेत्रमा भएको सैन्य अपरेसनसिर्जित अवरोधका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरेको छ । दुर्घटना बाक्लो कुहिरो लागेको समयमा भएको थियो, जसले परिस्थितिमा थप खतरा सिर्जना गरेको थियो ।

ब्राजिलको डरलाग्दो दुर्घटना, एकै परिवारका १० जनाको मृत्यु

गत डिसेम्बर २२ मा दक्षिणी ब्राजिलको ग्रामाडो शहरमा एक निजी विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको थियो । विमानका पाइलट ब्राजिलियन व्यापारी लुइज क्लाउडियो गालेज्जीसहित दुर्घटनामा उनकी श्रीमती, तीन छोरी र अन्य आफन्तको मृत्यु भएको हो ।

सानो आकारको उक्त विमान अवतरणका क्रममा एयरपोर्टनजिकै रहेको घरमा ठोक्किएको थियो । स्थानीय अधिकारीहरूले उक्त घटनामा जमिनमा रहेका १७ जना घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको बताएका छन् ।

null

पपुवा न्यू गिनीमा भएकोदुर्घटना

नर्थ कोस्ट एभिएसनद्वारा सञ्चालित एक ब्रिटेन नर्म्यान-२बी-२सी आइल्यान्डर विमान डिसेम्बर २२ मा पपुवा न्यू गिनीमा दुर्घटनाग्रस्त भयो भने जसमा सवार सबै ५ जनाको मृत्यु भयो ।

विमानले वासु एयरपोर्टबाट ला-नादजाब एयरपोर्टका लागि चार्टर उडान गरिरहेको थियो ।

भोलिपल्ट विमानको भग्नावशेष फेला परेको थियो । दुर्घटना भएको केही मिनेटअघि पाइलटले विमानमा संकट आइपरेको जनाएका थिए । अहिले उक्त दुर्घटनाको अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

अर्जेन्टिनाको घातक दुर्घटना

डिसेम्बर १८ तारिखका दिन बम्बार्डियर १००-१ए१० च्यालेन्जर ३०० विमान अर्जेन्टिनाको सान फर्नान्डो एयरपोर्टनजिक दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भयो ।

null

विमान पुन्टा डेल एस्टे एयरपोर्टबाट सान फर्नान्डो एयरपोर्टका लागि उड्दै थियो । अवतरणका क्रममा रनवेबाट ओभरसुट गर्दा अगाडिको बार र रूखसँग विमान ठोकिएको थियो र आगो समातेको थियो ।

त्यसअघि पनि सान फर्नान्डो एयरपोर्टको रनवे छोटो भएको रिपोर्टहरू यसअघि सार्वजनिक भएका थिए । अपर्याप्त रनवे लम्बाइले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यसबारे अर्जेन्टिना सरकारले अनुसन्धान गरिरहेको छ ।

हवाईमा भएकोविमान दुर्घटना

अर्जेन्टिनाको दुर्घटना अगाडि डिसेम्बर १७ मा, कामाका एयरद्वारा सञ्चालित एक सेस्ना २०८बी हवाईको ड्यानियल के इनुए अन्तर्राष्ट्रिय विमानस्थलनजिक दुर्घटनाग्रस्त हुँदा दुवै पाइलटको मृत्यु भएको थियो । विमान प्रशिक्षण उडानका क्रममा थियो ।

एटीसी सञ्चारका अनुसार विमानले टेक अफ गरेपछि तुरुन्तै नियन्त्रण गुमाएको थियो । त्यसपछि एयरपोर्ट नजिकै रहेको एक भवनमा गएर ठोकियो । अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् ।

एक महिनामै यति धेरै जहाज दुर्घटना भएपछि उड्ययन क्षेत्रका अन्तर्राष्ट्रिय विज्ञहरूले उड्डयन सुरक्षाबारे ठूलो चिन्ता गरिरहेका छन् । विमानका उपकरणले काम नगर्नेसँगै, बाह्य कारकजस्तै मौसम र सैन्य गतिविधिका कारण भएका यी दुर्घटनाले सुरक्षा प्रोटोकलहरूको पुन: मूल्याङ्कन गर्न दबाब दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्