२९ असार २०८३, सोमबार

साँच्चै महँगो हुन्छ आईभीएफ ?​​​​​​

पुस १५, २०८१
काठमाडौं
साँच्चै महँगो हुन्छ आईभीएफ ?​​​​​​
फाइल तस्वीर

बाँझोपन अर्थात् इन्फर्टिलिटी महिला र पुरुष दुवैमा हुने गर्छ । बाँझोपन हुनु स्वाभाविक हो र यो जो–कसैलाई पनि हुन सक्छ ।

दम्पतीबीच नियमित शारीरिक सम्पर्क हुँदा एक वर्षसम्म पनि बच्चा नहुने अवस्थालाई बाँझोपन भनेर बुझ्न सकिन्छ । प्रायः इन्फर्टिलिटी अर्थात् बाँझोपनमा महिलाको ४० प्रतिशत हिस्सा हुन्छ र पुरुषको पनि ४० प्रतिशत हिस्सा हुन्छ ।

२० प्रतिशत ‘अनएक्सप्लेनटरी इन्फर्टिलिटी’ अर्थात् कारण नै थाहा नहुने हुन्छ ।​

​आईभीएफ अर्थात् इन भिट्रो फर्टिलाइजेसन प्रविधि बाँझोपनको उपचार पद्धति हो । आईभीएफ आफैंमा एक महँगो उपचार प्रविधिका रूपमा हेरिने गरिन्छ ।

विश्वका सबै राष्ट्रहरू आईभीएफ प्रविधि महँगो नै हुने गरेको सुनिन्छ । नेपालको सन्दर्भमा पनि आईभीएफ प्रविधि महँगो नै रहेको बुझाई छ । 

के साँच्चिकै महँगो हुन्छ आई भी एफ ?

आईभीएफ आफैंमा एक महँगो प्रविधि हो । यस प्रविधिको लागत नै अन्य सामान्य औषधि उपचारभन्दा महँगो नै पर्न जान्छ । नेपालको सन्दर्भमा आईभीएफ गर्दा न्यूनतम् करिब २/३ लाख लाग्ने गर्दछ । जुन आईभीएफ गर्ने अस्पतालअनुसार फरक–फरक हुन सक्छ । यसका साथै न्यूनतम् २/३ लाखदेखि दम्पतीको अवस्था हेरेर लागत बढ्न सक्छ ।​​​

महँगो हुनुका यस्ता छन् कारण

आईभीएफ गर्दा प्रयोग गरिने औषधिहरू महँगो हुने गरेको चिकित्सकहरूको भनाइ छ । आईभीएफ प्रक्रियामा अण्डा उत्पादन गर्न प्रयोग गरिने हर्मोनल औषधिहरू प्रायः महँगो हुने गर्दछन् । यसले पनि आईभीएफको समग्र विधिलाई केही हदसम्म महँगो बनाउँछ ।

यसका साथै आईभीएफको सम्पूर्ण अपरेसनहरू गर्ने ल्याब अर्थात् प्रयोगशालाको पनि लागत महँगो हुने गर्दछ । यसमा अत्याधुनिक प्रविधि, आरामदायक र स्वच्छ वातावरण बनाउनुपर्ने हुन्छ ।

जसान भ्रूण बनाउनेदेखि भ्रूण फ्रिज गर्ने सम्मको काम गर्नुपर्ने हुन्छ । प्रयोगशालामा प्रयोग गरिने उपकरण र प्रविधिहरूको लागतले पनि यसको मूल्यलाई प्रभाव पार्छ । 

विशेषज्ञता हासिल गरेका अनुभवी स्त्री रोग विशेषज्ञ (एम्ब्रियोलजिष्ट) आवश्यक पर्दछ । जुन नेपालमा न्यून रहेका छन् । आईभीएफ गर्ने एम्ब्रियोलजिष्टलाई अनुभवी चिकित्सक तथा नर्सहरूको टीम नै आवश्यक छ । यसले पनि आईभीएफको लागतलाई बढाउँछ । 

सबैभन्दा ठूलो आईभीएफको लागत बढाउने कारणले भनेको औषधिमा लाग्ने कर हो ।

चिकित्सकहरूका अनुसार आईभीएफमा प्रयोग गरिने औषधिहरू बाहिरी मुलुकबाट आयात गर्नुपर्ने हुन्छ ।

यसमा पनि सरकारले कर लगाउने गर्दछ । जसले गर्दा औषधिको मूल्यका साथै सम्पूर्ण खर्चको पनि लागत बढ्ने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्