२५ जेठ २०८३, सोमबार

दुर्गममा शिक्षाको पहुँच बढाउन आवश्यकः उपराष्ट्रपति यादव

पुस १५, २०८१
उदयपुर
दुर्गममा शिक्षाको पहुँच बढाउन आवश्यकः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले दुर्गममा शिक्षाको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुर स्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा बोल्दै आज उपराष्ट्रपति यादवले भने, “मुलुकका धेरै दुर्गम गाउँहरुमा अहिले पनि जनताहरु शिक्षाको पहुँचभन्दा टाढा छन्, यसका लागि शिक्षामा पहुँच पु-याउन सबैले हातेमालो गर्नुपर्छ ।”

सरस्वती माविले स्वर्ण महोत्सव मनाउन सफल भएकामा विद्यालय परिवार र स्थानीयलाई उनले धन्यवादसमेत दिए । सहर बजारमा मात्र शिक्षालय, विश्वविद्यालय कलेज सञ्चालन हुने र दुर्गममा शैक्षिक सङ्घसंस्था नहुँदा ग्रामीण क्षेत्र शिक्षाबाट पछि पर्ने गरेको उपराष्ट्र यादवको धारणा थियो ।
 
उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा उदयपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा नारायण खड्कासहित चौदण्डीगढी नगरपालिकाका मेयर कालु लामा र पूर्वमेयर खगेन्द्र राईलगायतको उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्