२३ असार २०८३, मंगलबार

राप्रपा नेपालको केन्द्रीय समिति बैठक पुष १९ र २० गते बस्ने

पुस १६, २०८१
काठमाडौं
राप्रपा नेपालको केन्द्रीय समिति बैठक पुष १९ र २० गते बस्ने
फाइल तस्वीर

राप्रपा नेपालको केन्द्रीय कार्य समिति बैठक आगामी पुष १९ र २० गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भाबी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसुची रहेको छ ।

यसैगरी पार्टीका पदाधिकारीबाट संगठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेश हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार बैठकमा अहिले चलिरहेको मनपरितन्त्रको विकल्प आन्दोलन भएकोले सबै राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरू एक हुनुपर्नेमा विशेष जोड दिइने उनले बताए । 

स्थानीय तहको अधिवेशन, भातृ संगठनको कृयाशीलताबारे  पनि बैठकमा छलफल हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्