०९ साउन २०८३, शनिबार

जापानमा नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा आगलागी हुँदा दुई जनाको मृत्यु

पुस १६, २०८१
काठमाडौं
जापानमा नयाँ वर्षको पूर्वसन्ध्यामा घरमा आगलागी हुँदा दुई जनाको मृत्यु

टोकियोको एक आवासीय क्षेत्रमा मङ्गलबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको एक दुईतले घरमा आगलागी भएको खबर आएको थियो ।

तीव्र हावाको बीचमा आगो केही मिनेटमै फैलिएको र घरलगायत कम्तीमा आठवटा भवनमा आगो लागेको प्रतिवेदनले जनाएको छ ।

जापानको सबैभन्दा अग्लो ब्रोडकास्टिङ टावर तथा लोकप्रिय पर्यटक स्थल टोकियो स्काईट्री नजिकै उक्त घटना भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्