०७ असार २०८३, आइतबार

विद्यालयका बस चालकले मंसिर १ गतेदेखि अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने

कात्तिक २९, २०७४
विद्यालयका बस चालकले मंसिर १ गतेदेखि अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने

काठमाडौँ, २९ कात्तिक - महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने बताएका छन  । 

सहयोगी हृदय नेपालले आज राजधानीमा आयोजना गरेको विद्यालयस्तरीय युवा विद्यार्थीलाई लागुऔषध, ट्राफिक नियम र साइबर अपराधबारे जनचेतनामूलक कार्यक्रमा उनले त्यसका लागि हरेक विद्यालयमा सूचना पठाइएको जानकारी दिए  । 

उनले  स्कुल, कलेज पढ्ने विद्यार्थी लागुऔषधमा फस्ने, मादक पदार्थ सेवन गरी बिनाहेल्मेट सवारी चलाउने कारणले अपराध र दुर्घटना बढ्दै गएकाले विद्यार्थीलाई सचेत हुन आग्रह गरे  । 

कमेन्ट गर्नुहोस्