
उत्तर फ्रान्सको एक सानो गाउको लावेन्टीमा पानी परिरहेको बेलामा दिउँसो एक विशेष शवदाहको तयारी चलिरहेको थियो ।
हिन्दू पुजारी को तयारीका बीच भारतीय र फ्रान्सेसी सैन्यकर्मी दुई भारतीय सैनिकलाई जलाउनका लागि एक सानो क्षेत्रमा तयार थिए । चिसो हावाको चलिरहेको समयमा सलामी दिइरहिएको थियो र भारतीय झण्डामा बेरिएका दुई शवका नजिक हिन्दू मन्त्र पाठ भइरहेको थियो ।
सन् २०१६ मा फ्रान्समा जब एक नालालाई चौडा गरिरहिएको थियो तब त्यहाँ दुई अज्ञात भारतीय सैनीकको सव फेला परेको थियो ।
उनीहरुको सैन्य वर्दीमा नम्बर ३९ लेखिएको पाइएको थियो जसको माध्यमबाट उनीको परिचय थाहा भयो ।
यी सैनिक ३९ रोयल गढवाल राइफल्सका त्यस इकाइका हिस्सा थिए जसले व्रिटिश राजमा पहिलो विश्व युद्धका बीच फ्रान्समा युद्धमा भाग लिएका थिए ।
यो रेजिमेन्ट आज पनि भारतमा छ । फ्रान्सले त्यससँग सम्पर्क ग¥यो र लाश बारे जानकारी दियो ।
१९१४–१५ का बीच सयसको पहिलो तथा दोस्रो रेजिमेन्ट फ्रान्सको युद्धमा सहभागी भएका थिए ।