०५ साउन २०८३, मंगलबार

४७ अर्ब रुपैयाँमा बिक्यो जीसस क्राइस्टको पेन्टिङ

कात्तिक ३०, २०७४
४७ अर्ब रुपैयाँमा बिक्यो जीसस क्राइस्टको पेन्टिङ

काठमाडौं, ३० कात्तिक — अमेरिकाको न्युयोर्कमा जीसस क्राइस्टको शताब्दियौं पुरानो पेन्टिङ लगभग ४७ अर्ब रुपैयाँमा बिकेको छ । 

येशुको यो चित्र पाँच सय वर्ष पुरानो हो । लियोनार्दो दा भिन्चीले बनाएको चित्रको नाम साल्भादोर मुंडी अर्थात् विश्वको संरक्षक हो । 

चित्रको लिलामीले संसारमा सबभन्दा महंगो कलाकृतिको कीर्तिमान बनाएको छ । 

सुप्रसिद्ध कलाकार दा भिन्चीको सन् १५१९ मा मृत्यु भएको थियो । 

यति महंगो मूल्य तिरेर चित्र किन्ने मानिसको नाम गोप्य राखिएको छ । 

न्युयोर्कमा भएको लिलामीमा २० मिनेटसम्म टेलिफोनमा कुरा गरेर किन्ने व्यक्तिले ४० करोड डलरको अन्तिम बोली लगाएका थिए । 

फीससमेत गरी यसको मूल्य ४५ करोड डलर पुग्यो ।

कुनै समयमा पेन्टिङलाई जम्मा ६० डलरमा लिलाम बिक्री गरिएको थियो । त्यतिखेर यो चित्र दा भिन्चीको कुनै चेलाले बनाएको मानिएको थियो । तर यो भिन्चकै चित्र भएको पत्ता लागेको छ । 

यो पेन्टिङ १५औं शताब्दीमा बेलायतका राजा चार्ल्स प्रथमको सम्पत्ति थियो । 

बीबीसीबाट
 

कमेन्ट गर्नुहोस्