०९ असार २०८३, मंगलबार

बागमती मन्त्रिपरिषद् बैठकः सचिवमा भारतीलाई पदस्थापन

पुस १९, २०८१
काठमाडौं
बागमती मन्त्रिपरिषद् बैठकः सचिवमा भारतीलाई पदस्थापन

बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत वीरेन्द्रदेव भारतीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रदेश सचिवमा र प्रदेशले ११औँ तहमा बढुवा हुनुभएका निरञ्जन श्रेष्ठलाई वन, अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरीको निर्देशकको जिम्मेवारीसहित पदस्थापना गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको आजको उक्त बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति एवं नवीकरण स्तरोन्नतिसम्बन्धी मापदण्ड, २०८१ स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए । 

साथै सोही बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई मन्त्रालयको बजेट र अर्थविविधि शीर्षकबाट बाढीपहिरोबाट क्षति भएका संरचनाको पुनर्निर्माणका लागि बजेट खर्च गर्न अख्तियारी दिने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्