१८ असार २०८३, बिहीबार

बर्दिवास नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना

पुस २०, २०८१
काठमाडौं
बर्दिवास नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना

महोत्तरीको बर्दिवास नगरपालिकामा फोहर प्रशोधन केन्द्र स्थापना गरिएको छ । 

नगरमा दैनिक उत्पादन हुने फोहर व्यवस्थापन गर्न नगरपालिकाले फोहर प्रशोधन केन्द्र स्थापना गरिएको हो । केन्द्र स्थापनासँगै फोहर व्यस्थापनमा सहज भएपछि नगरवासी खुसी भएको बर्दिवास नगरपालिका–३ का स्थानीय मनोज थापाले बताए । 

यसअघि फोहर यत्रतत्र फालिँदा दुर्गन्धित हुनुका साथै विभिन्न रोग फैलिने सम्भावना रहेको थियो । हाल केन्द्र स्थापना भएपछि नगर सफा हुन थालेको बर्दिवास नगरपालिका–१४ का निकेश खनालले बताए । 

बर्दिवास नगरपालिकाले हिट्टा हेब्वी मेशिनरी एण्ड रिसाइकल प्रालिको सहयोगमा बर्दिवास नगरपालिका–८ मा जापानिज प्रविधिको फोहर प्रशोधन केन्द्रको स्थापना गरिएको हो ।

नगरपालिकाले उक्त कम्पनी सँग रु एक करोड २० लाखमा  २० वर्षको सम्झौता गरेको छ ।  नगरपालिकाले पूर्वाधार तयार गरिदिएको बर्दिवास नगरपालिका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए । 

सामान्य घर परिवारबाट ५० र होटल रेस्टुरेण्टबाट फोहरको परिमाणअनुसार बढीमा तीन हजार मासिक शुल्क लिने गरेको फोहर प्रशोधन केन्द्रका प्रबन्धक सुरेन्द्र साहले जानकारी दिए । 

हाल दैनिक ६ टन फोहर प्रशोधन केन्द्रमा जलाउन थालेको र यसले नगरभित्रका फोहर व्यवस्थापनमा सहज भएको बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए । 

फोहर प्रशोधन केन्द्र यही पुस ५ गतेबाट सञ्चालनमा ल्याइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्