०५ असार २०८३, शुक्रबार

माइनस ६० डिग्री सेल्सियसमा कसरी बस्छन् मानिस ?

कात्तिक ३०, २०७४
माइनस ६० डिग्री सेल्सियसमा कसरी बस्छन् मानिस ?

काठमाडौं, ३० कात्तिक — रुसमा संसारको सबभन्दा चिसो गाउँ आयमेकन छ । साइबेरियामा रहेको यो गाउँमा सबभन्दा कम तापक्रम गिनिज बूकमा नै रेकर्ड गरिएको छ । 

जाडोमा यहाँ न्यूनतम तापक्रम माइनस ६७.५ डिग्री रेकर्ड गरिएको छ भने गर्मीमा माइनस ३७.४ डिग्री सेल्सियस । 

पानीका लागि मानिसहरूका घरमा हिउँ काटेर पठाइन्छ । हरेक घरमा पानीको भण्डारणको आफ्नो स्टक छ । हिउँलाई ब्लक गरेर घरमा पगालिन्छ । 

तापक्रमको असर दैनिक जीवनमा परेको छ । ब्याट्री एकदमै ढिलो चल्छ । कलमको मसी लेख्नुअघि नै सुक्छ । धातुको चश्मा लगाउनु हानिकारक हुन्छ । 

यहाँ बस्ने मानिसहरू दिनभरि गाडीलाई स्टार्टमै राख्छन् । एकचोटि बन्द भएपछि इन्जिन स्टार्ट गराउन गाह्रो हुन्छ । 

घोडा र कुकुरको शरीरमा भुवा हुन्छ र उनीहरूको अधिकांश समय बाहिर नै बित्छ । याकुट घोडा ससाना हुन्छन् । चिसोबाट बच्ने क्षमता उसको बढी हुन्छ । त्यसको मासु खानका लागि मानिसहरूले पाल्छन् । 

साइबेरियाका मानिसका लागि यी जनावर आर्थिक र आध्यात्मिक रूपमा महत्त्वपूर्ण छन् । 

शहरका धेरै भवन खाली छन् । गाउँमा जम्मा ११ सय ३१ मनिस बस्छन् । पन्ध्र वर्षअघि यहाँको जनसंख्या दुईगुणा बढी थियो । 

यस इलाकामा जानका लागि विमानको टिकट एकदम महंगो छ । 

सोभियत युगको एन्टोभ एएन–२४ विमान यहाँ जानका लागि उपयोग गरिन्छ । खराब मौसमका कारण यहाँ प्रायः दुर्घटना भइरहेका हुन्छन् । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्