११ असार २०८३, बिहीबार

माओवादी बैठकको खाजा– स्यानविच, पकौडा र आलु जिरा !

पुस २१, २०८१
काठमाडौं
माओवादी बैठकको खाजा– स्यानविच, पकौडा र आलु जिरा !

काठमाडौँको पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रीय सदस्यहरूलाई ‘लाइट‘ खाजा वितरण गरिएको छ । 

स्मार्ट दरबार पार्टी प्यालेसमा बसेको बैठकमा सदस्यहरूलाई खाजाको प्याकेट वितरण गरिएको हो । ४ सय केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सहभागीलाई खाजाको प्याकेट वितरण गरिएको हो ।

प्याकेटमा एउटा पकौडा, एक पिस स्वाडविच, एउटा स्याउ र फ्राई गरिएको आलु जिरा रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । सदस्यहरूलाई चिया कफीको भने व्यवस्था थिएन । बैठक सोमवार बिहान ११ बजे पुनः बस्नेछ । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्