३१ जेठ २०८३, आइतबार

स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३१४ परियोजना छनोट

पुस २२, २०८१
काठमाडौं
स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३१४ परियोजना छनोट

स्टार्टअप उद्यम कर्जाका लागि एक हजारभन्दा बढी परियोजना छनोट भएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८१ अनुसार कर्जा प्रदान गर्नका लागि एक हजार ३१४ परियोजना छनोट गरेको हो । 

उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्राप्त भएका पाँच हजार १५८ परियोजनाको प्रस्तावमध्ये प्रारम्भिक सूचीमा परेका परियोजनाको विवरण सार्वजनिक गरेको छ । समितिले छनोटमा परेको परियोजनालाई आगामी आइतबारदेखि व्यावसायिक योजना माग गरेको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्