०७ असार २०८३, आइतबार

पोखरामा जेफोरको क्रिकेट प्रतियोगिता शुरु

कात्तिक ३०, २०७४
पोखरामा जेफोरको क्रिकेट प्रतियोगिता शुरु

काठमाडौं, ३० कात्तिक - जगदम्बा स्पोट्र्स प्राईभेट लिमिटेड (जे फोर) नेपालमा खेलकूद गतिविधि सञ्चालन गर्ने उद्देश्यले शंकर ग्रुप अन्तर्गत स्थापित एक नविनतम् कम्पनी हो । जे फोर ले नेपालमा क्रिकेट खेल प्रतियोगिताको आयोजना गर्ने संस्था एभरेष्ट प्रिमियर लिगसँग आवद्ध भई पोखरा राइनोजनामको क्रिकेट खोलाडी टोली मार्फत क्रिकेट प्रतियोगितामा आफ्नो शुरुवाती पाईला अगाडी बढाएको छ । 


सुन्दर नगरी पोखरालाई प्रतिनिधित्व गर्दै एभरेष्ट प्रिमियर लिग अन्तर्गत रहने विभिन्न टिमहरु मध्यको पोखरा राईनो टिम सन् २०१७ मा स्थापना भएको टिम हो । प्रशिद्ध राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन ले  नेतृत्व गर्नुहुने ११ सदस्यीय यस टिममा शक्ति गौचनका अतिरिक्त  विनोद भण्डारी, सुशन भारी, राजेश पुलामी मगर, विक्रम शोव, शौरभ खनाल,  नूरध्वज सेन, किशोर महतो, सन्तोष भट्ट, सुनिल धमला र विपिन खत्री समेतको सहभागीता रहने हुनाले यस टिम प्रतियोगिता मध्येकै आकर्षक टिम रहने छ । 

क्रिकेट खेलमा विभिन्न खेलाडीहरु एकापसमा प्रतिपर्धा गराई ति खेलाडीहरु मध्येबाट उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने दक्ष नव खेलाडी छनौट गरेर आफ्नो टिममा समेत समावेश गर्न सकियोस भन्ने अभिप्रायले जे फोर ले नवम्वर १८ तारेख तदनुसार मंशीर २ गते देखी पोखरामा ट्यालेन्ट हन्ट नामको क्रिकेट प्रतियोगिताको सञ्चालन गर्न गई रहेको छ । जे फोर उक्त ट्यालेन्ट हन्ट प्रतियोगिताका निमित्त नाम दर्ता प्रकृया आरम्भ भएको घोषणा गर्दछ । 
जे फोर स्पोट्र्स– फर स्पोर्टस भन्ने मूल नारा रहेको जे फोर टिमलाई फलामे छड, सुपर एम. आई., लियोन मोटर्स प्रा.लि.– मित्सुविसि, जगदम्वा सिमेन्ट, केश कन्स्ट्रक्सन र ब्यारोन सेलेक्ट जस्ता प्रख्यात कम्पनीहरुको प्रायोजन सहयोग प्राप्त छ ।  

जे फोर टिममा भिन्न–भिन्न भुगोल, संस्कृती, अनुभव र उमेरका खेलाडीहरुको समावेशीता रहने हुनाले एभरेष्ट प्रिमियर लिगको आयोजनामा १९ डिसेम्वर २०१७ अर्थात २०७४ साल मंशीर ३ गते देखी शुरु हुने क्रिकेट प्रतियोगिताले निश्चय नै एकपटक सम्पूर्ण राष्ट्रलाई तरंगीत गराउने छ । यस प्रतियोगितामा तिन जना विदेशी खेलाडीहरुले पनि भाग लिने छन् ।    

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सि.ज्यू, जगदम्बा स्पोर्टस प्रा. लि. का प्रवन्ध निर्देशक शाहिल अग्रवाल, एभरेष्ट प्रिमियर लिगका प्रवन्ध निर्देशक अमिर अख्तर, पोखरा राईनो टिमका क्याप्टेन शक्ति गौचन, पोखरा राईनो टिमका खेलाडीहरु श्री विनोद भण्डारी, राजेश पुलामी मगर लगायतका विशिष्ट व्यक्तित्वहरुको उल्लासमय उपस्थितीमा जेर फोरले आफ्नो लोगो,  खेलाडी तथा पोखरा राईनो टिमको जर्सी को प्रथम प्रदर्शन गर्ने शौभाग्य प्राप्त गरेकोमा जे फोरले आफुलाई अत्यन्त गौरवान्वीत महसुस गरेको छ ।
 

कमेन्ट गर्नुहोस्