११ असार २०८३, बिहीबार

खुम्बु क्षेत्र फोहर ब्यवस्थापन योजना २०१७

कात्तिक ३०, २०७४
खुम्बु क्षेत्र फोहर ब्यवस्थापन योजना २०१७

काठमाडौं ( तारा एयरलाइन्स र एयरलाइन्सको भगिनी संस्था यती एयरलाइन्सले सन् १९९८देखि नेपालका विकट क्षेत्रहरुमा आफ्नो सेवा निरन्तर रुपमा प्रदान गर्दै आइरहेको छ । बर्षैभरी विकट क्षेत्रमा तालिका अनुसारका उडान सेवा उपलब्ध गराउने हालका लागि यो नै नेपालकै एक मात्र विमान सेवा हो । 

आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)कार्यक्रम अनुसार तारा एयरले सक्रियरुपमा सोलुखुम्बु क्षेत्रको फोहर ब्यवस्थापन योजनालाई समर्थन गर्दै आइरहेको छ । यस कार्यक्रमको ब्यवस्थापन सगरमाथा पोल्यूसन कन्ट्रोल कमिटी (एसपीसीसी) र लुक्लामा आधारित हिमालयन क्लबसंगको संयुक्त सहकार्यमा गरिएको हो । 

यस क्षेत्रको वातावरणिय गुणस्तर सन्तुलनका लागि तारा एयरले एसपीसीसी र हिमालयन क्लबको सहकार्यमा करिव ११ हजार किलोग्राम नकुहिने फोहर, ९ उडान सञ्चालन गरी लुक्ला विमानस्थलबाट उठाएको जानकारी दिइएको छ । एयरलाइनद्वारा प्रोयोजित यो सेवाको लागत रु १० लाख भन्दा बढी रहेको एयरलाइन्सले विज्ञप्ति मार्फत जानकारी दिएको छ । उडान मार्फत उठाइएको फोहर उचित रिसाइक्लिंग केन्द्रलाई हस्तान्तरणका लागि काठमाडौं मुन्सिपालिटी  कोओपरेसनलाई हस्तान्तरण गरिसकिएको जानकारी दिइएको छ ।

सन् २०१६मा यस्तै फोहर ब्यवस्थापन कार्यक्रम मार्फत सोलुखुम्बु क्षेत्रबाटै एयरलाइन्सले १२ हजार किलोग्राम फोहर ब्यवस्थापन गरेको थियो । साथै, भविस्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने कम्पनीले जानकारी दिएको छ ।

यस कार्यक्रमले यूवा, स्थानिय उद्यमी तथा पर्यटतकमा समेत उच्च हिमाली भेगका वातावरणिय तथा पर्यावरणिय सन्तुलनको बचाउ तथा उत्थानका लागि सजगता जगाउन सघाएकोमा कम्पनी विस्वस्त रहेको बताइएको छ । नयाँ नेपालको विकासका लागि भविष्यमा अन्य नीजि क्षेत्रले पनि आफ्ना सहयोगी हात तथा साथ प्रदान गर्नेमा आफुहरु विश्वस्त रहेको कम्पनीले बतायो । 


 

salt training

कमेन्ट गर्नुहोस्