०३ साउन २०८३, आइतबार

नेपालमा  कफी उत्पादन वार्षिक वृद्धिदर सात प्रतिशत मात्रै

कात्तिक ३०, २०७४
नेपालमा  कफी उत्पादन वार्षिक वृद्धिदर सात प्रतिशत मात्रै

काठमाडौं, ३० कात्तिक – नेपालमा एक वर्षमा कफी उत्पादन वृद्धिदर ७ प्रतिशत रहेको  राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । 

 १३ औं राष्ट्रिय कफी दिवसको अवसरमा शुत्रबार राजधानीमा आयोजित कार्यक्रममा बोर्डले आर्थिक वर्ष २०७३–७४मा देशभर ४ सय ६६ मेट्रिकटन कफि उत्पादन जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७३–७४ मा करिब ७ प्रतिशतले कफी उत्पादनमा वृद्धी भएका बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । गत वर्ष नेपालमा ४ सय ३४ मेट्रिकटन कफी उत्पादन भएको थियो ।
विभिन्न जिल्लाहरूमा बोर्ड तथा जिल्ला कृषि विकास कार्यालयहरूले सञ्चालन गरेको कफी विस्तार कार्यक्रमको प्रभाव स्वरूप कफी रोपण क्षेत्र विस्तार हुँदा कफी उत्पादनमा वृद्धि भएको गौतमको भनाइ छ ।

यस्तै नेपालमा कफी उत्पादनको क्षेत्रपनि विस्तार हुदै गएको छ । गत वर्ष २ हजार ६ सय १८ हेक्टर रहेकोमा यस वर्ष कफी रोपण क्षेत्र २ हजार ६सय ४६ हेक्टरपुगेको छ । 

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क अनुसार नेपालमा ५ करोड ४ लाख बराबरको ९९ मेट्रिकटन कफी आयात भएको छ भने  ९ करोड ४५ लाख बराबरको ९५ मेट्रिकटन कफी निर्यात भएको छ । गत वर्षको तुलनामा कफीको आयात र निर्यात दुवै घटेको छ । 

उत्पादन बढिरहँदा आयात र निर्यात दुवै घट्नुले नेपाली कफीको बजार नेपाल भित्रै बढ्दै गएको बोर्डको अनुमान छ ।
देशभर कफी क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रीयता बढ्दै गएको छ तर बजारको माग अनुरुप नेपालमा कफी उत्पादनमा वृद्धी नभएको सरोकारवालाहरुले बताएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्