
बुटवल उपमहानगरपालिका–११ मजुवास्थित डम्पिङ साइटमा नवजात शिशु शव फेला परेको छ ।
मंगलबार बिहान तिनाउ नदी किनारामा पर्ने मजुवाको फोहोरको थुप्रोमा शव फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित लिंग पहिचानपछि शिशु फालेको जस्तो देखिएको लोकान्तरलाई जानकारी दिए ।
‘आज बिहान साढे ९ बजेतिर सालनाल काटिएको अवस्थामा शिशुको शव फेला परेको छ,' डीएसपी पण्डितले भने ।
उनका अनुसार शव छोरीको हो ।
शव अहिले लुम्बिनी प्रदेश अस्पतालमा राखिएको छ ।
फोहोरको थुप्रोमा कसले र किन शिशु फालेको लगायत विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।